1
0
Shares

विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही

1
1
1

लन्डन डर्बी खेलमा विवादमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि एफएले एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ । 

आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति आक्रामक देखिएका थिए ।

दुवै प्रशिक्षकलाई रेफ्री एनथोनी टेलरले रातो कार्डको दर्शन गराएका थिए । सो घटनाको अध्ययनपछि एफएले टुचेलमाथि एक खेल र ३५ हजार पाउन्ड तथा कोन्टेमाथि १५ हजार पाउन्डको जरिवाना तोकेको हो । 

टुचेलको प्रतिबन्ध तत्काल भने लागु हुनेछैन । उनले एफएको निर्णयविरुद्ध अपिल गर्न पाउने भएकाले त्यसपछि आउने लिखित निर्णयपछि मात्र  प्रतिबन्ध लागु हुनेछ । चेल्सीले आइतबार लिड्सको भ्रमण गर्दा टोटनहमले उल्भ्सको सामना गर्नेछ ।

खेलकुद

प्रकाशित: ४ भदौ २०७९ १०:१८ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी