प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक सर्‍यो


प्रतिनिधिसभाको बैठक सरेकाे छ। दिउँसाे १ बजेका लागि तय भएकाे  बैठक दुई घण्टापछि बस्ने गरि सरेकाे  हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेका हुन्

प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख घिमिरेले सारेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने । तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउनका लागि सकारात्मक निष्कर्षका निकाल्न सभामुखले शुभकामना समेत दिएका थिए।

एमालेले अडान नछाडेपछि प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।

Logo