बेला हदिद कसरी बनिन् संसारकै सर्वाधिक सुन्दर महिला ?

बेला हदिद कसरी बनिन् संसारकै सर्वाधिक सुन्दर महिला ?


एजेन्सी । अमेरिकी सुपरमोडल बेला हदिद संसारकै सर्वाधिक सुन्दर महिला बन्न सफल भएकी छन् । गोल्डेन रेसिओ अफ ब्यूटीले बेलालाई संसारकै सर्वाधिक सुन्दर महिलाको उपाधी प्रदान गरेको हो । २३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा परेकी हुन् ।

सुन्दरताको उक्त अनुपातलाई प्राचीन ग्रीकको ब्यूटी–फी मार्फत चेकपाँच गरिन्छ । जसमा उनी सबैभन्दा अग्रपक्तिमा परेकी हुन् । सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त– लहरसहितअनुहारको बनावटको हिसाव गरिन्छ ।

बेलाको अनुहार सर्वाधिक म्याच भएको हो । जसमा अनुहारको आकारका लागि ९४.५ प्रतिशत, आँखा ९७.६५ प्रतिशत, ओठका लागि ९४.१ प्रतिशत म्याच भएको थियो भने चिउँडोले सर्वाधिक ९९.७ प्रतिशत अंक पाएको थियो ।

हार्ली स्ट्रिट क्लिनिक सर्जन डा. जुलियन डी शिल्भाले निकालेको सर्वाधिक सुन्दर महिलाको उत्कृष्ट दसको सूचीमा अहिलेका सेलिब्रेटीहरूको अनुहारलाई डिजिटल फेसियल म्यापिङका आधारमा जाँचिएको थियो । जसमा गायिका बियोन्सेले बेलाको भन्दा दुई प्रतिशत कम अंकसहित दोस्रो सुन्दर महिला बनेकी छन् भने अम्बर हर्ड तेस्रो स्थानमा परेकी छिन्  ।

त्यसैगरी, सर्वाधिक सुन्दर महिलाको सूचीमा एरिआना ग्रान्डी चौथो, टेलर स्विफ्ट पाँचौं, केट मस छैटौंमा परेका छन् भने स्कारलेट जोहान्सन, नतालिया पोर्टम्यान, केटी पेरी र कारा डेलेभिग्ने क्रमश दस स्थानसम्म अटाएका छन ।

बेलाले २०१६ को ‘मोडल अफ द इयर’ को उपाधी जितेकी थिइन् । १९९६ मा अमेरिकाको वासिङटनडिसीमा जन्मिएकी बेलाका इन्स्टाग्राममा २६ मिलियन भन्दा बढी फलोअर छन् ।

 

Logo