१५ दशमलव ८२ अंकले घट्यो नेप्से, ९३ करोडको कारोबार

१५ दशमलव ८२ अंकले घट्यो नेप्से, ९३ करोडको कारोबार


कारोबार हुने साताको अन्तिम दिन शुक्रबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बिहीबार २३ दशमलव ५१ अंकले घटेरको बजार आज पनि १५ दशमलव ८२ अंकले घटेर २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो। 

शुक्रबार २२३ वटा धितोपत्रको २५ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ९३ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

शुक्रबार १३ वटा समूहमध्ये आज पनि म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।  

कारोबार रकमको आधारमा अरुण काबेली पावरको सर्वाधिक ३ करोड २ लाख ४५ हजार ५०७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo