दमकमा आगलागी, आठवटा पसल जलेर नष्ट

दमकमा आगलागी, आठवटा पसल जलेर नष्ट


झापाको दमकमा विद्युत् सट भई आगलागी हुँदा ८ वटा पसल जलेर नष्ट भएका छन् ।

आइतबार बिहान ३ बजेर २० मिनेटतिर दमक नगरपालिका–६ नमुनामार्गस्थित राजु श्रेष्ठको जुत्ता चप्पल पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो श्रेष्ठको पसलसँगै रहेका संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेसहित ८ जनाको ९ वटा सटरमा सल्किएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार आगलागीबाट कपडा पसल ५, कस्मेटिक, जुत्ता चप्पल र टेलर्स गरी ८ वटा पसल जलेर नष्ट भएको छ । आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो । आगोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Logo