एकै दिन ६९ जना कोरोना संक्रमित

एकै दिन ६९ जना कोरोना संक्रमित


नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो। संक्रमित बढेसँगै ६६ जना सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए ।

‘भारतमा संक्रमण बढिरहेको छ । ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको हो’, उनले भने, ‘हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ।’

Logo