महुली लघुवित्तको सेयर लिलामी बिक्री खुला

महुली लघुवित्तको सेयर लिलामी बिक्री खुला


एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ ।यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम २६४ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

Skip This
Logo