आगामी चुनावमा दुई अंकको सिट जितेर देखाउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्रीको चुनौती

आगामी चुनावमा दुई अंकको सिट जितेर देखाउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्रीको चुनौती


काठमाडौं ।

नेकपा ओली समुहको काठमाडौं जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री  केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई आगामी चुनावमा दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले अब सबै कुराको फैसला बैशाख १७ र २७ गते हुने चुनावमा जनताले गर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्रीले नेकपाबाट फुटेर गएका प्रचण्ड–नेपाल समूहको हालत रत्नपार्कमा औषधि बेच्नेको जस्तै हुने बताएका छन् ।

उनले गन्तव्यमा पुग्न त राजनीतिक एजेन्डा हुनु पर्ने बताए । उहाँहरुको एजेण्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन । रन्नपार्कमा औषधि बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ । अब उहाँहरुको अबको हालत त्यस्तै हुने उनले बताए ।

उनले सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन गरेको दोहोर्याएका छन् । ‘संसदमा काम गर्न दिइएन, सरकारले जे काम गरेको थियो प्रचारित हुन पाएन । धरहरा बन्यो, रानीपोखरी बन्यो । राम्रो काम भयो भन्न पनि नसक्ने’ उनले भने, ‘यस बीचमा दुनियाँ आश्चर्य चकित हुने गरि प्रगति भएको छ ।’

Logo