५ लाख १५ हजारमा रोयल इनफिल्डको मोटरसाईकल (भिडियोमा)

५ लाख १५ हजारमा रोयल इनफिल्डको मोटरसाईकल (भिडियोमा)


‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो । ग्रे कलरमा सजिएको सो मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ ।

नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दावी छ ।

Logo