नेपालमा आज ९३६ जनामा कोरोना पुष्टि

नेपालमा आज ९३६ जनामा कोरोना पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० जना पुगेको छ । आज ९३६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ९९६ रहेको छ ।

आजको पिसिआर परीक्षण ७ हजार ११७ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ४३ हजार ५८१ रहेको छ । आज ९ हजार ८८१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ४३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९३ हजार ५०२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ५२८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ५२१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको छ ।

Logo