एभिन्यूज टिभीको वीरगन्जस्थित कार्यालयमा तोडफोड

एभिन्यूज टिभीको वीरगन्जस्थित कार्यालयमा तोडफोड


एभिन्यूज टेलिभिजनको वीरगन्जस्थित कार्यालयमा तोडफोड भएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता प्रशारण भएको विषयमा आक्रोशित समाजबादी पार्टीका कार्यकर्ताले कार्यालय तोडफोड गरेका हुन् ।

स्थानीय वडा अध्यक्षको नेतृत्वमा पुगेका कार्याकर्ताले कार्यालय तोडफोड गरेका हुन् । एभिन्यूज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रममा सुशील पाण्डेसँग यादवले गरेको कुराकानीको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्याप्त भएको छ ।

‘सकस राजनीति’ कार्यक्रममा प्रश्न चित्तबुझ्दो नभएको भन्दै यादव स्टुडियोबाट बाहिरिएका थिए ।

Logo