३ सेकेण्ड बाटो छेक्दा किम जोङ ले कामबाट निकालिदिए

३ सेकेण्ड बाटो छेक्दा किम जोङ ले कामबाट निकालिदिए


एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा फोटो पत्रकारलाई कामबाट निकालिदिएका हुन् ।

किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएका थिए । जसका कारण ३ सेकेण्डसम्म बाटो रोकियो । बाटो रोकेको भन्दै आक्रोशित बनेका किमले नीजि फोटो पत्रकारलाई जागिरबाटै निकालिदिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार री नाम गरेका फोटोग्राफरलाई फोटोग्राफीको लागि बनाईएको दुई मिटरको दुरी तोडेको आरोप लागेको छ । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो ।

रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरे । यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको उल्लघंन गरेको आरोप पनि लागेको छ । रीले गत महिना डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर पनि खिचेका थिए ।

Logo