१७५ जनाको ज्यान गएको सबैभन्दा खतरनाक ‘अप्रिल फूल’

१७५ जनाको ज्यान गएको सबैभन्दा खतरनाक ‘अप्रिल फूल’


आज अप्रिल फूल अर्थात विश्व मूर्ख दिवस ।

आज एकले अर्कोलाई झुक्याएर यो दिवस मनाइन्छ।  बिहानैदेखि आफ्ना साथीभाइ र आफन्तहरुलाई झुक्याएर अप्रिल फूल मनाइरहेका छन्। तर अप्रिल फूल मनाउँदा धेरै ख्याल गर्नुपर्ने हुन्छ।  अन्यथा ठूलो क्षति हुन् सक्छ।

१ अप्रिल १९४६ मा अप्रिल फूलकै कारण धेरैको ज्यान गएको थियो।   यो घटना अमेरिकाको अलास्कामा १९४६ मा भएको थियो । अलास्काको अल्युसन आइल्याण्डमा १ अप्रिल १९४६ मा भूकम्प आएको थियो । भूकम्पको झट्का यतिसम्म तीव्र थियो कि त्यसपछि आएको सुनामीले त्यहाँ निकै ठूलो नोक्सानी गरेको थियो । त्यो दिन अप्रिल फूल डे थियो र त्यहाँका नागरिक मजाकमा व्यस्त थिए । त्यही क्रममा प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी दियो ।

अलास्काका नागरिकले यो चेतावनीलाई अप्रिल फूलको मजाक सम्झेर बेवास्ता गरे । तर, अधिकारीले दिएको चेतावनी सही थियो । यहाँ आएको भूकम्पको झट्काको तीव्रता ८.६ म्याग्निच्युड थियो । जसले यहाँ १७५ जनाको ज्यान गयो । यो सुनामीलाई ‘अप्रिल फूल डे सुनामी’को नामले चिनिन्छ ।

Logo