काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको बताएका छन् । "/>

निष्पक्ष छानविन नभए पुनः आन्दोलन गरिने : निर्मला हत्या प्रकरण

निष्पक्ष छानविन नभए पुनः आन्दोलन गरिने : निर्मला हत्या प्रकरण


काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा स्थलगत विवरण प्रस्तुत गर्दै बडूले प्रहरीको छानबिन ढिलो र फितलो भएको बताए । घटनाका सन्दर्भमा गैरजिम्मेवार अभिव्यक्ति दिएकाले पनि आन्दोलन चर्केको उनले बताएका छन् ।

तत्कालीन प्रहरी प्रमुख निलम्बन गरी उच्चस्तरीय छानबिन समिति गठन गरेपछि भदौ ५ र ९ मा बसेको सर्वपक्षीय भेलाबाट आन्दोलन रोक्ने सहमति भएको उनले जानकारी गराए । नयाँ छानबिन टोलीले निष्पक्ष छानविनद्वारा जो सुकै वा उच्च पहुँचको भए पनि छुट्न नहुने स्थानीयको माग रहेको उनको भनाइ छ । वास्तविक दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भएमा पुनः आन्दोलन गरिने उनले चेतावनी दिए ।

निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानका लागि केन्द्रिय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को नयाँ टोली महेन्द्रनगर पुगेको छ ।

यसअघि सिआईबीकै डीएसपी अंगुर जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भएपछि सरकारले फिर्ता बोलाएको थियो । पहिलो टोली फिर्ता भएको डेढसातापछि नयाँ टोली गएको छ भने नयाँ टोलीले घटनाको सून्यवाट अनुसन्धान गर्ने भएको छ । पहिलो टोलीले घटनासंग सम्बन्धित प्रमाण नष्ट गरेकाले पनि प्रहरीलाई अनुसन्धान गर्न केही अप्ठयारो भएको छ । जिल्ला प्रहरी कञ्चनपुरका एपसी कुबेर कडायतले आवश्यक परे हेडक्वाटरवाट विज्ञ समेत बोलाउने बताए ।
राजधानीबाट

Skip This
Logo