साढे २ करोड घोटाला आरोपमा ४ जनालाई पक्राउ

साढे २ करोड घोटाला आरोपमा ४ जनालाई पक्राउ


काभ्रेको सामुदायिक लघुवित्त वित्तिय संस्थामा साढे २ करोड रुपैयाँ घोटाला गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पा तानसेन–४ का हिरा विश्वकर्मा, काठमाडौं–२२, खिचापोखरीका चण्डेश्वरी प्रधान, ललितपुरको गोदावारी–१२ का बटुकृष्ण कार्की र तत्कालिन सीईओ ललितपुर–१४, खुमलटारका स्वयम्भुारम जोशी छन् ।

पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

Logo