काठमाडौं
मुलुक संघीय संरचनामा गइसकेको विद्यमान अवस्थामा स्थानीय सरकारलाई अत्यधिक अधिकार सहित उल्लेख्य बजेट विनियोजन गरिएको भए पनि उसले लक्ष्यको एक तिहाइ पनि बजेट खर्च गर्न सकेको छैन । "/>

स्थानीयतहहरुले बजेट खर्च गर्न सकेनन् , आगामी वर्ष देखि खर्चका आधारमा मात्रै दिइने

स्थानीयतहहरुले बजेट खर्च गर्न सकेनन् , आगामी वर्ष देखि खर्चका आधारमा मात्रै दिइने


काठमाडौं
मुलुक संघीय संरचनामा गइसकेको विद्यमान अवस्थामा स्थानीय सरकारलाई अत्यधिक अधिकार सहित उल्लेख्य बजेट विनियोजन गरिएको भए पनि उसले लक्ष्यको एक तिहाइ पनि बजेट खर्च गर्न सकेको छैन । स्थानीय तहको गठन पश्चात् पहिलोपटक बजेट हस्तान्तरण प्रक्रियाबाट उपलब्ध गराइसके पनि लक्ष्यको अत्यन्तै कम मात्रै खर्च हुन सकेको हो ।

सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा स्थानीय तहले जम्मा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । यो रकम स्थानीय तहका लागि कुल विनियोजित बजेटको ३१ दशमलव ५ प्रतिशत मात्र हो । सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वित्त हस्तान्तरण शीर्षकबाट स्थानीय तहका लागि १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय निकायका लागि विनियोजन भएको बजेट लक्ष्य अनुसार खर्च हुन नसकेको स्वीकार गरे । उनले विभिन्न किसिमका प्राविधिक एवं कानुनी जटिलताका कारण चालू आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा स्थानीय तहको खर्च कम भएको बताए ।

स्थानीय तहको खर्च सम्बन्धी कतिपय ऐन कानुनहरू निर्माण भइसकेको र कतिपय कानुन निर्माणका क्रममा रहेको बताउँदै उनले अबका दिनमा यस्तो खर्च क्रमशः बढ्ने अपेक्षा व्यक्त गरे । वित्त आयोगले पूर्णता पाइनसकेको विद्यमान अवस्थामा स्रोतसाधनको बाँडफाँट र खर्च व्यवस्थापन सम्बन्धी व्यवस्था अझै प्रस्ट भइसकेको छैन । जसकारण अधिकार क्षेत्रका सम्बन्धमा विवाद कायमै छ भने लक्ष्य अनुसार बजेट खर्च गर्न स्थानीय निकायलाई कानुनी जटिलता पनि देखिएको छ ।
राजधानीबाट

Logo