काठमाडौं
अधिकारकर्मीले वैदेशिक रोजगारीमा गएका महिला श्रम तथा यौन शोषणमा पर्ने गरेको दाबी गरेका छन् । महिला अधिकार संरक्षणमा सम्बन्धित निकाय सचेत हुुनु पर्नेमा जोड दिंदै उनीहरूले यस्तो दाबी गरेका हुन् । "/>

वैदेशिक रोजगारीमा गएका महिला श्रम र यौन शोषणमा

वैदेशिक रोजगारीमा गएका महिला श्रम र यौन शोषणमा


काठमाडौं
अधिकारकर्मीले वैदेशिक रोजगारीमा गएका महिला श्रम तथा यौन शोषणमा पर्ने गरेको दाबी गरेका छन् । महिला अधिकार संरक्षणमा सम्बन्धित निकाय सचेत हुुनु पर्नेमा जोड दिंदै उनीहरूले यस्तो दाबी गरेका हुन् । महिला विकास तथा कानुन मञ्च, जोन्ता इन्टरनेसनल र युएन ओमेन लगायतका संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सरकारी अधिकारीले समेत वैदेशिक रोजगारमा गएका महिला श्रम र यौनशोषणमा पर्ने गरेको प्रति चिन्ता व्यक्त गरे । उनीहरूले ‘सबै बुझेर वैधानिक बाटोबाट जाँदा बढी सुरक्षित हुने’ सुझाव पनि दिए ।

‘दलालले एउटा काम भनेर अर्कोमा पठाउने, घरेलु हिंसा तथा यौनशोषणमा पर्ने गरेको’ पछिल्लो तथ्यांक उनीहरूले औंल्याएका छन् । महिला विकास तथा कानुन मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखन र वैदेशिक रोजगारीबीच अन्तर सम्बन्धबारे प्रकाश पार्दै पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै महिला बेचबिखनमा पर्ने गरेको बताए ।

उनले वैदेशिक रोजगार ऐन, कानुन कार्यान्वयनमा कडाइ गर्ने र सरोकार राख्ने पक्ष सचेत हुनुका साथै वैधानिक बाटोबाट मात्र जाने र पठाउनेले झुक्याए कडा कारबाही हुने कानुन ल्याउनु पर्नेमा उनले जोड दिए । श्रम तथा रोजगार मन्त्रालयका कानुन उपसचिव अर्जुनप्रसाद खनालले वैदेशिक रोजगार सम्बन्धी कानुन संशोधन प्रक्रियामा रहेको उल्लेख गरे । मानव बेचबिखन विरुद्ध काम गर्दै आएका संघसंस्थाको सुझाव कानुन संशोधन प्रक्रियाका लागि प्रभावकारी हुने उनको विश्वास छ । नेपाल प्रहरीे महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले वैदेशिक रोजगार विभागमा सम्बन्धित विज्ञटोली सहभागी कमिटी गठन गर्नु पर्नेमा जोड दिए ।
राजधानीबाट

 

Logo