डा.गोविन्द केसीले नेताहरु माथि लगाए माफियाकाे आरोप (भिडियाे)

डा.गोविन्द केसीले नेताहरु माथि लगाए माफियाकाे आरोप (भिडियाे)


काठमाडौं ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै डा.केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र विचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाएका हुन् । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुका भर्तिकेन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उनले लगाए ।

डा. केसीले पूँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण नगरी गुणस्तर कायम गर्न सफल रहेको उल्लेख गर्दै नेपालमा भने जनतालाई दुःख दिने काम मात्रै भएको बताए । उनले भने, ‘‘नेपालमा समाजवादीहरुले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’’

उनले आफुसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खवरदारीको आवश्यकता रहेको बताए । डा. केसीले १९ औं अनसनका समयमा आफूसँग भएका सम्झौताहरु कार्यान्वनयको कुन चरणमा पुगे भनेर प्रश्न पनि गरे ।

Logo