पोखरा, २७ जेठ । "/>

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने


पोखरा, २७ जेठ । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।

‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो ।

बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष तथा पोर्क फेस्टिबलका संयोजक योगबहादुर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा सेतो पोर्कको बजारीकरण, आहारा, खोर व्यवस्थापन, यान्त्रीकरणका बारेमा व्यावसायीलाई जानकारी गराइने छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बङ्गुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्था तथा प्राविधिक परामर्श, बधशाला तथा प्रशोधनसम्बन्धी स्टल समेत राखिने उहाँले बताउनुभयो ।

बङ्गुरको मासुबाट बन्ने परिकारका २० वटा रेस्टुराँ रहने सो महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाँकी, लोक तथा दोहोरी गीत र सङ्गीत कार्यक्रमसमेत राखिएको छ । रासस

Logo