सनातन हिन्दु राष्ट्रको जग नभई नेपालको प्रजातन्त्र दह्रो हुँदैनः अध्यक्ष राणा

सनातन हिन्दु राष्ट्रको जग नभई नेपालको प्रजातन्त्र दह्रो हुँदैनः अध्यक्ष राणा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभइ नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताएका छन् ।  

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा बोल्दै अध्यक्ष राणाले राजतन्त्र नल्याई सुखै नहुने बताए । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उनले यसबेला राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गरे ।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिन कम्युनिष्टलाई जनादेश दिइएको भए पनि ३ वर्षको साशनकालमा सरकारले राम्रो काम गर्न नसकेको दावी समेत गरे । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उनले बताए ।

पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिवद्धता ब्यक्त गरे । पार्टीका तीनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाइ छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए । आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उनले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने भनाइ छ । अध्यक्ष थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी पनि गरे ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गरे । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताए ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ नेतृत्वको चुनौती पनि त्यही रहेको औँल्याए । 

Skip This
Logo