चेल्सीको जीतमा जिरुडको उत्कृष्ट गोल

चेल्सीको जीतमा जिरुडको उत्कृष्ट गोल


यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । उक्त जीतमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले उत्कृष्ट गोल गरेको थियो । 

खेलको ६८ औं मिनेटमा ओभरहेड किकमा गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् ।

उक्त गोललाई रेफ्रीले सुरुवातमा  अफसाइड भन्दै मान्यता दिएका थिएनन् । तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रिभ्यु गर्दा बल एट्लेटिकोका मारियो हर्मोसोलाई लागेर आएको देखिएपछि गोल मान्य भएको थियो ।

Logo