बायर्न म्युनिखको सानदार जीत

बायर्न म्युनिखको सानदार जीत


च्याम्पियन्स लिग फुटबलअन्तर्गत जर्मन क्लब बार्यन म्युनिखले सहज जीत निकालेको छ । गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब लाजियोलाई ४–१ गोलले हराउँदै बायर्न विजयी भएको हो ।

बायर्नका लागि रोबर्टो लेवान्डोस्की, जमल मुसिएला र लोरी सानेले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काएका थिए ।

खेलको नवौं मिनेटमा बायर्नका लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै २४औँ मिनेटमा जमलले गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ४२औँ मिनेटमा सानेको गोलसँग बायर्नको अग्रता तेब्बर बन्यो । 

खेलको ४७औँ मिनेटमा लाजियोका एसिर्बी फ्रान्सिस्कोले आत्मघाती गोल गरेपछि बायर्न ४–० गोलले अगाडि बढ्यो । त्यसपछि ४९औँ मिनेटमा लाजियोका कोरेयाले एक गोल फर्काउँदै खेललाई ४–१ गोलको स्थितिमा ल्याए । 

यो जीतसँगै बायर्नले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Logo