बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल


गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको छ ।

बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । 

घरेलु मैदान क्याम्पनोउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलकाे दोस्राे हाफको ४८औं मिनेटमा मेस्सी गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६८औं मिनेटमा दोस्रो गोल गरे । यस्तै जोर्डी अल्वाले ७३औं मिनेटमा गोल गरे ।

यो जितसँगै बार्सिलोनाको २४ खेलमा ५० अंक जोड्दै  तेस्रो स्थानमा उक्लेको छ । २३ खेलबाट एट्लेटिकोको ५५ अंक छ । रियलले र्सिलोना समान २४ खेलबाट ५२ अंक जोडेको छ ।

Logo