नापोली युरोपा लिगबाट बाहिरियो

नापोली युरोपा लिगबाट बाहिरियो


इटालियन क्लब नापोली घरेलु मैदानमा जित दर्ता गरे पनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ ।

बिहीबारराति सम्पन्न दोस्राे लिगमा ग्रानडालाई २-१ ले पराजित गरे पनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो लेगमा नेपोली २-० ले पराजित भएको थियो ।

बिहीबार तेस्रो मिनेटमा नै पिटर जिलेन्सकीले अग्रता दिलाएपछि नापोली खेलमा फर्कने सम्भावना बढेको थियो । २५ औं मिनेटमा एन्जल मोन्टोरोले गोल गर्दै खेल बराबरीमा ल्याए । ५९ ‍औं मिनेटमा फाबियानले गोल गरे ।

थप गोल हुन नसक्दा ग्रानडा प्रि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकाे हाे । 

 

Logo