सातदोबाटोद्वारा खुमलटार पराजित

सातदोबाटोद्वारा खुमलटार पराजित


सहिद स्मारक lsquo;बीrsquo; डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जीत निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३ndash;२ गोलको जित निकालेको हो ।
सातदोबाटोको जीतमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर, २६ औं मिनेटमा सबिनले फ्रिकिकबाट गोल गर्दै खुमलटारलाई १ndash;१ गोलको बराबरीमा ल्याए । खेलको ४८ औं मिनेटमा आदिलले गोल गर्दै खुमलटारलाई २ndash;१ को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २ndash;२ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३ndash;२ को जीत दिलाए । जीतसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । ७ खेलमा १६ अंक जोडेको खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।

Logo