सेभिया पेनाल्टीमा चुक्दा बार्सिलोनाको जितसँगै फाइनल प्रवेश

सेभिया पेनाल्टीमा चुक्दा बार्सिलोनाको जितसँगै फाइनल प्रवेश


स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले नाटकीय जित दर्ता गरेकाे हाे । इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाकाे भाग्य चम्किएकाे हाे ।

पहिलो लेगको खेलमा सेभियाले २-० को जित दर्ता गरेपछि बार्सिलोनाले कम्तिमा २-० को जित निकाल्नुपर्ने थियो । खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।  खेलको ७१ औं मिनेटमा ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै सेभियाकाे फाइनल यात्रामा बाधक बने । 

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयकाे चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो । मार्टिन ब्रेथवेटले हेडरमार्फत गोल गरे । यस जितसँगै बार्सिलोना फाइनलमा पुगेको छ ।

Logo