लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा

लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा


स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए । निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । 

अध्यक्षका प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा ५५ हजार ६ सय ११ सदस्यले मतदान गरेका थिए ।

Logo