युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो


युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरे पनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन ।

मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ‌। समग्रमा ४-४ को बराबरी भए पनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो । 

Logo