म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडको जित


म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि २–१ को पूनरागमन जित दर्ता गरेको छ ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औं मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिएको थियो ।

१–० ले पछि परेको म्यानचेस्टरले त्यसपछि ब्राइटनलाई दवावमा राखे पनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । ६२औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८३औं मिनेटमा पल पोग्वाको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि छ । 

Logo