इटालियन सिरी ‘ए’ मा युभेन्टस विजयी

इटालियन सिरी ‘ए’ मा युभेन्टस विजयी


युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २–१ ले पराजित गरेको छ । एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । उनले फेडरिको चिइसाको पासमा गोल गरेका थिए । 

पहिलो हाफ १ गोलले अग्रता कायम गरेकाे युभेन्टसले खेलकाे ७३ औं मिनेटमा पाउलो डिवालाले गोल गर्दै युभेन्टसलाई २–० ले अघि बढाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

८८औं मिनेटमा नेपोलीले पेनाल्टीको अवसर पायो । म्याथ्थिज डि लेग्टले पेनाल्टी बक्समा ओसिमहेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा इन्सिग्नेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो ।

जितसँगै युभेन्टस २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । 

Logo