आरबीबी च्याम्पियनसिपको उपाधि हेल्प नेपाललाई

आरबीबी च्याम्पियनसिपको उपाधि हेल्प नेपाललाई


पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकाल्यो ।

भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो वर्ष उपाधि जितेको हो । यस जितसँगै हेल्प नेपालले लिगको अन्तिम खेलमा एपीएफसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले १ लाख ५० हजारमा चित्त बुझायो । महिलातर्फको फाइनलमा भने न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो । 

Logo