मेस्सी चम्किँदा बार्सिलोना विजयी

मेस्सी चम्किँदा बार्सिलोना विजयी


लियोनेल मेस्सी चम्किँद बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो ।

बार्सिलोनाको फराकिलो जितका लागि खेलकाे आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । १२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो । ३३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को फराकिलो जित दिलाए । 

यस जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ । बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । 

Logo