राजस्थानलाई हराउँदै बैंगलोर शीर्षस्थानमा

राजस्थानलाई हराउँदै बैंगलोर शीर्षस्थानमा


युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।

बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १०१ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो  ।

कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।

कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३/३ विकेट लिए । केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । 

जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्षस्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा २ अंक जोडको छ । 

Logo