हैदरावादलाई हराउँदै चेन्नई शीर्षस्थानमा

हैदरावादलाई हराउँदै चेन्नई शीर्षस्थानमा


चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले ।

गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । मोइन अलि १५ रनमा आउट भए ।सुरेश रैना १७ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए ।हैदरावादका राशिद खानले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १७१ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले ।

केन विलियम्स २६ र केदार जादब १६ रनमा अविजित रहे । चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए । यो जितसँगै चेन्नई ६ खेलमा ५ जित र १ मा हार सहित १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ । नराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंक जोड्दै पुछारमा छ ।

Logo