मेस्सी चम्किँदा बार्सिलोनाको जित

मेस्सी चम्किँदा बार्सिलोनाको जित


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबारराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।

भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।  यस जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंक जोडेर १४ औं स्थानमा छ ।

Logo