युभेन्टसकाे सानदार जित

युभेन्टसकाे सानदार जित


इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबाररति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १० औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको अन्तिम १० मिनेटभित्र युभेन्ट्सले दुई गोल फर्कायो । खेलको ८३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए । 

त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । जितसँगै युभेन्ट्सले ३४ खेलमा ६९ अंक जोडेको छ । युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।

Logo