कोरोना संकट बढेपछि जारी आईपीएल स्थगित

कोरोना संकट बढेपछि जारी आईपीएल स्थगित


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, बीसीसीआईले अन्ततः इण्डियन प्रिमियर लिग, आइपिएलको जारी सिजन स्थगित गरेको छ । 

एक विज्ञप्ति जारी गर्दै बीसीसीआईले आईपिएल टोलीका खेलाडी र सहयोगिहरुमा कोरोना संक्रमण देखिएपछि थप जोखिम उठाउने अवस्था नरहेको भन्दै प्रतियोगिता स्थगित गरेको जनाएको हो । 

पछिल्लो दुई दिन यता कोलकाता नाइट राइडर्स र चेन्नाइ सुपर किंसका खेलाडी तथा पदाधिकारीमा कोभिड संक्रमण देखिएको थियो । आइपीएल विश्वकै सर्वाधिक हेरिने क्रिकेट प्रतियोगितामा पर्छ । यसपटकको प्रतियोगिता भारतका विभिन्न ६ रंगशालामा दर्शकविहिन रुपमा आयोजना गरिएको थियो । 

भारत अहिले विश्वमै कोरोना संक्रमणको हटस्पट बनेको छ । त्यहाँ दैनिक साढे तीनलाख भन्दा बढी संक्रमित भइरहेका छन् भने पछिल्लो दुई साता यता दैनिक ३५ सय भन्दा बढीले ज्यान गुमाइरहेका छन् । जन स्वास्थ्यमा यस्तो संकटको अवस्था रहँदा पनि प्रतियोगिता गरिरहेको भन्दै मोदी सरकारको आलोचना भइरहेको थियो । 

Logo