क्रिकेटर कुशल भुर्तेल आइसीसीको ‘प्लेअर अफ दि मन्थ’अवार्डका लागि मनोनित

क्रिकेटर कुशल भुर्तेल आइसीसीको ‘प्लेअर अफ दि मन्थ’अवार्डका लागि मनोनित


नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन्। 

आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो।

यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए। योसँगै सिरिजमा नेपालले उपाधी समेत चुम्न सफल भएको थियो।

कुशलले टी–२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज समेत घोषित भएका थिए।

मनोनयनमा परेका कुशललाई भोट पनि गर्न सकिनेछ। उनलाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ।

Skip This
Logo