पहिलो हाफमा नेपाल एक गोलले पछाडि

पहिलो हाफमा नेपाल एक गोलले पछाडि


नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले पहिलो हाफमा नेपालविरुद्ध १-० को अग्रता लिएको छ ।

खेलमा पेनाल्टीबाट अग्रता लिएकाे हाे । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो ।नेपाली टिम क्याप्टेन तथा गोलरक्षक किरण चेम्जोङ एकपछि अर्को आक्रमणको बाधक बन्दै नेपाललाई खेलमा कायम नै राखेका छन् ।

फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो । समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ।

Logo