अमेरिकाको सानदार जित

अमेरिकाको सानदार जित


अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टारिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित निकालेको हो ।

घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे ।

खेलको आठौं मिनेटमा नै ब्रेन्डेन आरोनसनको गोलबाट अमेरिकाले अग्रता लिएको थियो । ४२औं मिनेटा डरयाल डिकेले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे ।

५२औं मिनेटमा रिगी क्यानोनले गोल गर्दै अमेरिकालाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई ४–० को फराकिलो जित दिलाए । 

Logo