पहिलो हाफमा नेपाल २ गोलले पछाडि

पहिलो हाफमा नेपाल २ गोलले पछाडि


अस्ट्रेलियाले नेपालविरुद्ध २-० ले अग्रता लिएको छ । अस्ट्रेलियाले नेपालविरुद्ध खेल सुरु भएको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो ।

खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातो कार्ड खान पुग्दा नेपाल १० खेलाडीमा सिमित भएको छ ।  खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड दिएका हुन् । 

 

Logo