मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर बालेन्द्र साह

मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर बालेन्द्र साह


काठमाडौँ महानगरपालिकाले र्‍यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको छ । विरोधका स्वरहरु बढ्न थालेपछि मेयर बालेन शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् ।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरुको दिन शुभ रहोस् ।’ 

शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै रकम छुट्याइएको सार्वजनिक भएको थियो। सो कुरा सञ्चार माध्यममा आएपछि शालिक बनाउने विषयमा बालेको पक्ष र विपक्षमा मत जाहेर भएका थिए।

अधिकांशले यमबुद्धले नेपालको संगीत क्षेत्रमा ठूलै योगदान पुर्‍याएको भएपनि उनको शालिक नै बनाउने निर्णयको भने आलोचना गरेका थिए। आज भने मेयर बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्।

Logo