काठमाडौँ

पश्चिमी वायुको प्रभावले हिजो देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ । "/>

अझै केहि दिन मौसममा उतार चढाव रहने

अझै केहि दिन मौसममा उतार चढाव रहने


काठमाडौँ

पश्चिमी वायुको प्रभावले हिजो देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा हिजो ११.४ मिलिमिटर वर्षा भएको छ । देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ । काठमाडौंको हिजोको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

Logo