मृत्युसँग सम्बन्धित रोचक तथ्यहरु..

मृत्युसँग सम्बन्धित रोचक तथ्यहरु..


मृत्यु नाम मात्रै सुन्दा पनि आङ सिरिङ भएर आउछ । शरीर, परिवार र आफ्न्त छोड्ने डरले मन र शरीर दुबै काम्न सुरु हुन्छ । 

तर यो पनि कटु सत्य हो कि कोही पनि शरीरसँग सधैं रहिरहदैन । एक दिन सबैले भौतिक शरीर छोडेर जानुपर्छ । मृत्यु शब्द सुन्दा जति डरलाग्दो छ, त्यससँग जोडिएको सत्य त्योभन्दा पनि डरलाग्दो छ । जन्म जति जटिल छ, मृत्यु त्यति नै कठिन । आउनुहोस् आज हामी तपाईलाई मृत्युसँग सम्बन्धित यस्ता १० डरलाग्दो तथ्य बताउँनेछौं ।

१. पेटमा रहेको इन्जाइमले शरीर खान थाल्छ 

हामी जीवित रहँदा जे खान्छौं, त्यो पेटमा रहेको इन्जाइमले पचाउँन मद्दत गर्छ । मानिसको मृत्यु पछि पनि हाम्रो शरीर भित्र रहेको इन्जाइम जीवित नै रहन्छ । ती इन्जाइमहरुले मृत्युको तीन दिनसम्म हाम्रो शरीरमा रहेको खानाको कणहरू खाइरहन्छन् । खाना सकिएपछि तिनीहरूले हाम्रो शरीर खान थाल्छन्।

२. मृत्युको २० सेकेन्डपछि पनि जीवित रहन्छ मस्तिष्क
सुन्दा निकै अनौठो लाग्ला तर शरीरले ज्यान त्याग्यो भने पनि उसको मस्तिष्क २० सेकेन्डसम्म सचेत नै रहन्छ । मानव मस्तिष्क कुनै पनि मेसिन जस्तै, आफ्नो काम रोक्न २० सेकेन्ड लगाउँछ ।

३. शरीर पानी मुनि छिट्टै गल्छ
मानव शरीरको अन्त्योष्ठी गर्ने तरिका विभिन्न धर्म अनुसार फरक–फरक हुन्छन् । कतै शव जलाइन्छ त कतै गाडिन्छ तर मानिसको शव जमिनमा भन्दा पानीमा छिट्टै गल्छ । मानव मृत शरीर जमिनमा भन्दा पानीमा ४ गुणा छिटो गल्छ ।

 

४. प्रत्येक दिन डेढ लाखभन्दा बढी मानिसको मृत्यु 
संसारको जनसंख्या यति धेरै छ कि हरेक दिन कोही कोही मरिरहेकै हुन्छ । एक अध्ययनअनुसार विश्वभर दैनिक १ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ ।

 

५. अन्तमा सुन्ने क्षमता हराउँछ 
जब मानिसको मृत्यु हुन्छ, उसको इन्द्रियले पनि काम गर्न छोड्छ । इन्द्रिय मध्ये, सबैभन्दा लामो समय काम गर्ने अंग कान हो । मानिसको श्रवण क्षमता सबैभन्दा  अन्तिममा हराउँछ ।

 

६. बुढेसकालले होइन रोगले मार्छ  
मानिसलाई उसको बुढ्यौलीले होइन, रोगले मार्छ । अर्थात्, कुनै पनि मानिस बढी उमेरका कारण नभई उसको शरीरमा लागेका रोगका कारण मृत्युलाई अङगाल्न पुग्छ ।

 

 

७. शरीरबाट मोम निस्कन्छ
कतिपय अवस्थामा यस्तो पनि हुन्छ कि मानिसको शरीरबाट मैन निस्कन थाल्छ, जसले उनीहरुको अवशेषलाई वर्षौंसम्म जोगाउन मद्दत गर्छ । तर यस्तो घटना सबै मृत मानिसहरूसँग हुँदैन ।

 

८. मृत्युपश्चात शरीरमा उब्जने कीराहरूले मृत्युको कारण जनाउँछ  
फरेन्सिक वैज्ञानिकहरूले मृत शरीरमा भेटिएका कीरा र ब्याक्टेरियाबाट नै मृत्यु कति समय अघि भएको हो भनी बताउँछन् । फरेन्सिक वैज्ञानिकहरूले मृत्यु हुँदा कीराहरूको प्रजातिबाट सही अनुमान गर्छन् ।

 

९. ग्यासका कारण शरीर सुन्निने
मृतकको अन्तिम संस्कार समयमै गरिन्छ किनभने मृत शरीर चाडैं फुल्न थाल्छ । यस्तो किन हुन्छ भने वास्तवमा मृत्यपछि मानव शरीर भित्रबाट ग्यास र तरल पदार्थ निस्कन्छ, जसले मृत शरीरलाई बेलुन जस्तै फुलाउँछ, यसै कारण मृत शरीर पानीमा तैरिन्छ ।

 

१०. मृत्युपछि औंलाहरू सुक्न थाल्छन् 
मानिसको हात होस वा औंला दुबै मृत्युपछि सुख्खा र कडा हुन्छ । मानिसको मृत्युपछि हात र औंलाहरु सामान्यभन्दा अलि बढेको जस्तो देखिन्छ ।

 

Skip This
Logo