निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा अब अनलाइन टिकट बुकिङ

निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा अब अनलाइन टिकट बुकिङ


नेपाल वायु सेवा निगमले सोमबार देखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरू गरेको छ।

अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले सोमबारदेखि अनलाइन मार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन्। 

निगमले अहिले दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।अनलाइन टिकेटिङ सेवा मार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने विश्वास निगमको छ। 

Skip This
Logo