प्यूठानमा विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

प्यूठानमा विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु


प्यूठान ।

जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।

साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सवै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरु मध्ये दुई छोराको सोमबार राती उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर विरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उनकी श्रीमती ३० वर्षीय लिला घर्ती, र छोरा १७ वर्षीय शशि घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।गोरखापत्रबाट

Logo