आजबाट हुने भनिएको फाइभजी ‘ट्रायल’ स्थगित

आजबाट हुने भनिएको फाइभजी ‘ट्रायल’ स्थगित


नेपालमै पहिलो पटक जनवरी १ देखि सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ ।

आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो । यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आजदेखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए । “अहिले हामीले फाइभजी सपोर्ट गर्ने दुई चार ओटा सेट फेला पारेका छौँ, ती सेटहरूमा फाइभजी टेस्ट भइरहेको छ,” टेकपानासँगको कुराकानीमा उनले भने, “यस बाहेक अन्य सेटहरूको खोजी गर्ने कार्य समेत भइरहेको छ ।”

बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्ने योजना रहेको अधिकारीले सुनाए । उनका अनुसार अबको केही दिन पछि मात्रै फाइभजी ट्रायल सुरु गरिनेछ । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यस अघि नै सम्पन्न गरिसकेको छ । 

Logo