सबैका लागि सहज इन्टरनेट

सबैका लागि सहज इन्टरनेट


सेफर इन्टरनेट डे को अवसरमा “नेपालमा इन्टरनेट नियमनः कानून, नीति र अभ्यासहरू” शीर्षकमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । मंगलवार  ‘सेफर इन्टरनेट डे’ अर्थात सुरक्षित इन्टरनेट दिवसका अवसरमा नेपालमा सुरक्षित इन्टरनेट प्रयोग, नियमन, नीति जस्ता विषयमा विज्ञहरुबीच अनुभव आदान प्रदान भयो । 

प्रत्येक वर्ष  ‘सेफर इन्टरनेट डे’ मनाउनुको उद्देश्य साइबर बुलिङदेखि सामाजिक सञ्जाल र डिजिटल पहिचान बारे जानकारी दिनु रहेको छ । यसले उदीयमान अनलाइनका मुद्दाहरू र हालका सरोकारहरूको बारेमा सचेतना समेत जगाउने उद्धेश्य लिएको छ । 

कार्यक्रममा नेपालमा इन्टरनेटसँग सम्बन्धित नीति, नियामक निकायहरुको अवस्था र आम नागरिकहरुको इन्टरनेट सम्बन्धि बुझाइ र प्रयोग अनुभव बारे पनि छलफल भएको छ । कार्यक्रममा सांसद, इन्टरनेट सर्विस प्रोभाइडर र साइबर कानुनका विज्ञ अधिवक्ताहरुको सहभागिता रहेको थियो । त्यसबखत एजुकेटिङ नेपालका प्रेसिडेन्ट आशिर्वाद त्रिपाठीले सूचना प्रविधिको युगमा सबैका लागि सहज इन्टरनेटको प्रयोग हुनपर्ने बताउनु भयो ।

Skip This
Logo