पाहुना टोली युभेन्टस काग्लीअरीसँग २-० गोल अन्तरले स्तब्ध

पाहुना टोली युभेन्टस काग्लीअरीसँग २-० गोल अन्तरले स्तब्ध


काठमाडौं ।

गएराति भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गरेको छ ।

इटालियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको हो।

काग्लियारीको जीतमा लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल गरेका थिए। यो पराजयसँगै युरोपेली फुटबलमा सबैभन्दा बढी गोल गर्ने क्रिस्टियानो रोनाल्डोको लक्ष्य भने टुटेको छ।

लिगको ३७ औँ खेलमा काग्लियारीसँग पराजय भोगे पनि युभेन्टस् दुई खेल अगावै विजेता बनेको थियो। उसको ८३ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७९ अंक छ। यो खेलमा युभेन्टसलाई पराजित गरेको काग्लीअरीको ४५ अंक पुगेको छ।

Logo