आज आकाशमा एक साथ ५ ग्रह देखिने

आज आकाशमा एक साथ ५ ग्रह देखिने


आज मंगलबार राति आकाशमा ५ ग्रह एकैसाथ देखिनेछन् । मंगल, बुध, बृहस्पति, शुक्र र वरुण राति ७:४५ बजेदेखि चन्द्रमाको नजिक देखिनेछन् ।

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।

यी पाँच ग्रहलाई संसारको जुनसुकै ठाउँबाट पनि देख्न सकिने कुक बताउँछन् । केवल आकाश सफा हुनुपर्छ र पश्चिम दृश्य देखिनु पर्छ । बृहस्पति, शुक्र र मंगल ग्रह हेर्न सहज हुने उनको भनाइ छ । शुक्र धेरै चम्किलो छ । जबकि मंगल ग्रह चन्द्रमाको नजिक देखिनेछ र यसमा रातो चमक हुनेछ । तर, बुध र बृहस्पति सूर्यास्तको आधा घण्टा पछि देखिन बन्द हुन सक्छ । बुध र वरुणको चमक हल्का छ, त्यसैले तिनीहरूलाई हेर्न गाह्रो हुन सक्छ । तिनीहरूलाई हेर्नको लागि दूरबीन पनि आवश्यक हुन सक्छ । वरुण सामान्यतया कम देखिन्छ । यसको स्थान शुक्र माथि छ र यसमा हरियो चमक छ ।

  

Logo